Nagarik Alert App
Team Alpas Technology Presenting LMC Alert

हामीले सयौँ पटक “YES” सुन्यौँ । तर “ल, अब गरौँ” भन्ने मान्छे निकै कम भेट्यौँ।

यो कथा हामीले धेरै समयदेखि भन्न चाहिरहेको थिएँ।

सन् २०२३ देखि, हामी- टिम Alpas Technology एउटा निकै सरल तर महत्वपूर्ण विषयमा काम गरिरहेका थियौँ।

"मान्छे अहिले ठ्याक्कै कहाँ छ?"
"घटना ठ्याक्कै कहाँ भयो?"
"कसैलाई आपत पर्दा उसले report गरेको location ठ्याक्कै पत्ता लगाउन सकिन्छ कि सकिँदैन?"

app-1706769983.jpg

हामीलाई लाग्यो:
यसले मानिसको ज्यान बचाउन सक्छ।
त्यसैले हामी नेपालका विभिन्न ठाउँमा पुग्यौँ।
गाउँपालिका, नगरपालिका, महानगरपालिका-
मेयर, अध्यक्ष, सरकारी अधिकारीहरू।
हामीले प्रस्तुति दियौँ,
डेमो देखायौँ ,
सम्भावना बुझायौँ।

र लगभग हरेक ठाउँमा हामीले सुन्ने कुरा एउटै थियो-
- “वाह, एकदम राम्रो रहेछ।"
- “यो त नागरिकका लागि निकै उपयोगी हुन्छ।"
“यसको आवश्यकता छ।”
“हामीले implement गर्नुपर्छ।

हामी पनि खुसी हुँदै बाहिर निस्किन्थ्यौँ। मनमा एउटै कुरा हुन्थ्यो- “अब त केही परिवर्तन हुन्छ।”

तर त्यसपछि... केही हुँदैनथ्यो!! हप्ता बित्थ्यो, महिना बित्थ्यो, महिना वर्षमा बदलिन्थ्यो।

Giving Nagarik Alert presentation to KMC. At then; the KMC Tech Team, and KMC Police Chief Raju Pandey
Giving Nagarik Alert presentation to KMC. At then; the KMC Tech Team, and KMC Police Chief Raju Pandey

अनि फेरि अर्को बहाना- बजेट छैन, प्रक्रिया मिलेन, Procurement Process मिलेन, अहिले priority मा छैन, अर्को आर्थिक वर्षमा गरौँला। “पछि कुरा गरौँला।”

र हो...

यो कुरा पनि इमानदारीपूर्वक भन्नैपर्छ।


केही ठाउँमा कमिसनको कुरा पनि आयो। र हामीले त्यो बाटो रोजेनौँ। नागरिकलाई सेवा दिने अवसर पाउनकै लागि कसैलाई कमिसन दिन हामी तयार भएनौँ।

त्यसको मूल्य पनि चुकायौँ। तर आजसम्म पनि त्यसको पछुतो छैन।

---

त्यसपछि ललितपुर महानगरपालिका- मात्र एउटा presentation ।
हामीले मेयर चिरीबाबु महर्जनज्यू र सिताराम हाछेथुज्यू समक्ष हाम्रो idea प्रस्तुत गर्यौँ। र यसपटक केही फरक भयो।
हामीले सुन्न पायौँ- “GO AHEAD. YOU GUYS ARE DOING A GREAT JOB!”
लामो बैठक भएन, वर्षौं पर्खनुपरेन, अनावश्यक बहाना आएन। र हामीले गर्यौँ।

Approval Day of LMC Alert App. In Picture: Team Alpas, Mayor Chiribabu Maharjan, and LMC Police Chief Sitaram Hatchethu.


एक हप्ताभित्रै system implement गर्यौँ।

त्यसपछि?

- पुरस्कारहरू आए।
- अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भयौँ।
- नयाँ अवसरहरू आए।
- नयाँ मानिसहरूले हाम्रो काम चिन्न थाले।



तर ती सबैभन्दा ठूलो उपलब्धि के थियो थाहा छ?
हामीले प्रमाणित गर्यौँ - हाम्रो idea केवल presentation मा राम्रो देखिने idea थिएन। यो वास्तवमै काम गर्न सक्छ।

Team Alpas


---

तर हामी त्यतिमै रोकिएनौँ। फेरि नेपालका विभिन्न ठाउँमा गयौँ। फेरि presentation दियौँ। फेरि सम्झायौँ। फेरि आशा गर्यौँ। तर धेरै ठाउँमा फेरि पनि...

ढोका खुलेन।

त्यसपछि एक दिन हामीले आफैँलाई प्रश्न गर्यौँ- “हामी कहिलेसम्म अरू कसैले implement गरिदेला भनेर पर्खिरहने?”

हामीसँग technology थियो। हामीसँग solution थियो। हामीसँग team थियो। र सबैभन्दा ठूलो कुरा- हामीसँग काम गर्ने इच्छाशक्ति थियो।

त्यसैले...
हामीले पर्खिन छोड्यौँ।
आफैँ बनायौँ।

आज हामीले Nagarik Alert सार्वजनिक गरेका छौँ। Alpas Technology Innotrend Solutions मिलेर।

Nagarik Alert App


यसको concept निकै सरल छ।

कुनै नागरिकले आपतकालीन अवस्था देख्यो।

App खोल्यो।

३ वटा tap गर्यो।

बस्। र report गर्ने व्यक्तिको location data हाम्रो system मा आउँछ।

“काठमाडौँको कतै।” होइन।
“यो नदीको आसपास।” होइन।
हामीलाई आवश्यक पर्ने कुरा हो- “मान्छे कहाँ छ?”

र यही location data को आधारमा हाम्रो @Nagarik Alert आवश्यक परेको ठाउँमा राहत तथा उद्धारका लागि काम गरिरहेको छ।

यो केवल एउटा app होइन। हामीले मानिसहरूको उद्धार गरेका छौँ। राहत सामग्री पठाएका छौँ। बाढी प्रभावित क्षेत्रमा पुगेर सहायता गरेका छौँ। समस्यामा परेका मानिसहरूसम्म सहयोग पुर्‍याएका छौँ। र यो काम अझै जारी छ।

---

अनि म यो कुरा किन पोस्ट गर्दैछु?

के यो हाम्रो campaign हो?
हो।
तर यो Marketing campaign होइन।
यो Awareness Campaign हो।

किनकि नेपालमा कतै न कतै अहिले पनि कुनै मानिस समस्यामा हुन सक्छ- कसैलाई उद्धार चाहिएको हुन सक्छ, कसैलाई राहत चाहिएको हुन सक्छ। र त्यस्तो अवस्थामा एउटा कुरा अत्यन्त महत्वपूर्ण हुन्छ- "उहाँ कहाँ हुनुहुन्छ?"

कहिलेकाहीँ...

त्यो location नै उद्धार र ढिलो हुनुबीचको फरक बन्न सक्छ।

हामी चाहँदैनौँ कि नागरिकले आपत पर्दा महिनौँ कुर्नुपरोस्।

बैठक कुर्नुपरोस्।

बजेट कुर्नुपरोस्।

स्वीकृति कुर्नुपरोस्।

हामी चाहन्छौँ- आवश्यक पर्दा नागरिकको हातमै एउटा समाधान होस्।

किनकि technology केवल हाम्रो जीवन सजिलो बनाउनका लागि मात्र होइन।

कहिलेकाहीँ technology ले जीवन बचाउन पनि सक्नुपर्छ।

त्यसैले यो post scroll गरेर मात्र नजानुहोस्।

Nagarik Alert बारे बुझ्नुहोस्।

आफ्नो परिवारलाई देखाउनुहोस्।

आफ्ना साथीहरूलाई देखाउनुहोस्।

आफ्नो समुदायलाई बताउनुहोस्।

आफ्नो स्थानीय सरकारलाई जानकारी दिनुहोस्।

र यदि तपाईंलाई लाग्छ- यसले एक जना मानिसलाई पनि आपतमा सहयोग गर्न सक्छ, यो post share गरिदिनुहोस्।

उहाँ कहाँ हुनुहुन्छ भनेर कसैले ठ्याक्कै थाहा पाओस्।

Nagarik Alert- नागरिकका लागि, नेपालका लागि।

हामीले धेरै पर्खियौँ। अब हामी आफैँ बनाउँदैछौँ।


#NagarikAlert #Alpas #नेपाल #TechnologyForGood #DisasterResponse #EmergencyResponse #ReliefAndRescue #CivicTechnology #FloodRelief #SaveLives #innotrendsolutions #alpastechnology